आईएलओका राष्ट्रिय निर्देशक र श्रममन्त्री कुँवर बीच भेटवार्ता

२४ असार ७९, शुक्रबार
Share this
730shares

२४ असार,काठमाण्डौ ।

Advertisement

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।शुक्रबारमन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।मन्त्री कुँवरले आईएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षासम्बन्धी योजनाहरुमा गरिरहेको सहयोका लागि धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गरे ।उनले मन्त्रालयको तर्फबाट श्रमिकको हक अधिकार सुनिश्चित गरी विदेशमा सिकेको सिपलाई नेपालमै लागू गर्न पहल भइरहेकाले आईएलओलाई सहयोग गर्न अनुरोध गरे ।भेटमा राष्ट्रिय निर्देशक डा हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै, आगामि दिनमा पनि श्रमिकको सुरक्षा, न्याय र रोजगार बृद्धिका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top