डडेल्धुरामा भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई मोसो दलियो

डडेल्धुरामा भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई मोसो दलियो

असार २४, डडेल्धुरा ।

डडेल्धुरामा भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई मोसो दलिएको छ ।धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई कालो मोसो दलेका हुन् ।मडैलाई बिहीबार राति कालो मोसो दलिएको हो । किर्ते कागज गरी सामुदायिक वन उपभोक्ता समिति र सब–डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको नेकपा बहुमतले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.