चैनपुरमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू ,४२ जना घाइते

चैनपुरमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू ,४२ जना घाइते

२४ असार, सङ्खुवासभा ।

सङ्खुवासभाको चैनपुर नगरपालिका १० दुमकटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । आज शुक्रवार दिउँसो १ बजेतिर पिलुवा खोलामा मृतकको दाहसंस्कार गरी लेगुवा–खाँदबारी सडक खण्ड हुँदै खराङबाट फर्किने क्रममा चैनपुरको दुम्कटा भन्ने ठाउँमा को १ त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ट्र्याक्टर दुर्घटनामा घाइते भएका चैनपुर १० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ वर्षीय केशव कार्कीको उपचारको क्रममा ज्यान गएको उनले बताए । उनका अनुसार ट्र्याक्टरमा ४४ जना चढेका थिए ।घाइतेहरूको तुम्लिङटारमा रहेको मनकामना अस्पताल र जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक चैनपुर १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.