स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व रहेको प्रधानमन्त्री देउवाको भनाई

२५ असार ७९, आइतबार

२६ असार,काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए ।आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टालाई पुरस्कार समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, सङ्गीत, नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हून। उनले भाषा, साहित्य, संस्कृति, सङ्गीत एवम् नाट्यलगायतका विधाहरू देशका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए  । नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको उनको भनाइ छ ।प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरूलाई सरकारले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले उनीहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पु¥याउने ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top