गठबन्धनकै कारण पहिलो शक्ति बनेको कर्णाली कांग्रेसको निष्कर्ष

२५ असार ७९, आइतबार

२६ असार, सुर्खेत ।

नेपाली कांग्रेसले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकै कारण कर्णालीमा पहिलो शक्ति बनेको निष्कर्ष निकालेको छ ।२०७४ को स्थनीय निर्वाचनमा कर्णाली प्रदेशमा तेस्रो स्थानमा रहेको कांग्रेस २०७९ को निर्वाचनमा पहिलो शक्ति बनेको छ । कर्णालीमा कांग्रेसले आयोजना गरेको समीक्षा बैठकले गठबन्धन नै पहिलो पार्टी बन्ने आधार भएको निष्कर्ष निकालेको कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीले बताए ।प्रवक्ता शाहीका अनुसार कर्णालीमा कांग्रेसले २५ नगरपालिकामध्ये १२ प्रमुख, ९ उपप्रमुख, ५४ गाउँपालिकामध्ये २० अध्यक्ष, १८ उपाध्यक्ष जितेको छ । त्यस्तै १० वटा जिल्ला रहेको कर्णालीमा ५ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख जितेको छ ।‘०७४ मा तेस्रो स्थानमा रहेको पार्टीलाई पहिलो बनाउन सफल भएका छौं, पार्टी भित्रै अन्तर्घात नभएको भए ४० बढी पालिका जितिने हाम्रो निष्कर्ष हो,’ प्रवक्ता शाहीले भने ।कांग्रेस प्रदेश समितिले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएको छ । बैठकमा सहभागी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीका नेता कार्यकर्ता अनुशासित हुँदै विधि र पद्धतिमा हिँड्नुपर्ने सुझाव दिएका थिए । ‘पार्टीको साख जोगिने गरी काम गर्नुहोस् । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुस’ मुख्यमन्त्री शाहीलाई उदृढ गर्दै प्रवक्ता शाहीले भने ।साथै स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार पराजित गर्न सहयोग गर्ने नेताहरुलाई कारबाही गर्ने कांग्रेसले जनाएको छ । कर्णाली प्रदेश समितिले अन्तर्घातको विषयमा जिल्ला समितिबाट यथार्थ प्रतिवेदन पनि छिटो दिन आग्र गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top