सम्भावित कार्यसूचीमा चढ्यो,नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्ताव

२८ असार, काठमाडौं ।

प्रतिनिधि सभाको बुधबबार बस्‍ने बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन २०७९ पेश गर्ने उल्लेख छ ।त्यस्तै उक्त विधेयकमाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Scroll to Top