२८ असार, काठमाडौं ।
प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका ४ घर भई कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २७ वर्षीय दीपेश शाक्य रहेका प्रहरीले जनाएको छ ।छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ५ बस्ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्याएको छ ।यस्तै छुरा प्रहार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले दीपेश शाक्य पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।