सर्लाहीका तत्कालीन गाविस सचिव ध्रुवनारायण झाविरूद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर

२८ असार, काठमाण्डौ ।

Advertisement

सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी(नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।अख्तियारले उनीविरूद्ध मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।सचिव झाले गाविसमा विभिन्‍न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यसमा अनुसन्धान हुँदा झाले ७ लाख ५१ हजार रुपैयाँ रकम विभिन्न व्यक्तिको नाममा निकाली हिनामिना गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।उनीमाथि लागेको आरोप पुष्टि भएपछि उनीमाथि सो रकम बिगो कायम गरी कैद सजाय समेत माग गरी अदालतमा आरोपपत्र दायर गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top