३ दिन सम्म लगातार पानी पर्ने प्रक्षेपण

२८ असार ७९, बुधबार

२९ असार,काठमाण्डौ ।
आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक(दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ।बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ।बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertisement

 शुक्रबारसम्मको मौसम अनुमान

बुधबार
दिउँसोस् देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Advertisement

बिहीबार
दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top