विश्वकप क्रिकेट लिग २ मा स्कटल्यान्डविरूद्ध नेपालले पहिले बलिङ गर्दै

विश्वकप क्रिकेट लिग २ मा स्कटल्यान्डविरूद्ध नेपालले पहिले बलिङ गर्दै

२९ असार,काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ ।ग्लास्गोमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा छ । श्रृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल शनिवार नामिबिया र अन्तिम खेल आइतवार स्कटल्यान्डसँग खेल्ने तालिका छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.