संक्रमित बढ्न थाले पछी साढे तीन महिनापछि फेरि खुल्यो विराटनगरको कोभिड अस्पताल

३१ असार, विराटनगर ।

प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि फेरि खुलेको छ । चैत १५ गतेयता बन्द रहेको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमित बढेसँगै फेरि सञ्चालनमा आएको छ ।कोरोना संक्रमित आउन छाडेपछि प्रदेश सरकारले वैशाख १८ गतेदेखि सो अस्पतालमा निशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको थियो ।बिहीबारबाट कोरोना संक्रमित भर्ना लिन थालिएको अस्पतालका फोेकल पर्सन फिजिसियन डा डेनप्रसाद आचार्यले जानकारी दिए । बिहीबार एक जना विरामी भर्ना भएको अस्पतालमा शुक्रबार एकै दिन १६ जना थपिएका छन् ।जिल्ला कारागार मोरङमा रहेका १८ जना कैदीबन्दीको एन्टीजेन परीक्षण गर्र्दा १६ जनामा कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हो ।कोशी कोभिड अस्पतालका निमित्त प्रमुख अनुपम राजवंशीले बिहीबारबाट संक्रमित भर्ना हुन थाले पनि ओपीडी सेवा जारी रहेको रहेको उनले बताए ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलका अनुसार कारागारबाट अत्याधिक ज्वरो आएपछि १९ जना कैदीबन्न्दीलाई बिहीबार अस्पताल भर्ना गरेको थियो । भर्ना गरिएका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका मृतकको कोरोना जाँच भने गरिएन ।कैदीबन्दीमा कोरोना देखिएपछि जाँच गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । एक हजार ८७ जना कैदीबन्दी रहेको कारागारमा अन्यलाई पनि ज्वरो देखिएपछि कोरोना जाँच गर्न निर्देशन दिइएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top