गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सत्तारुढ गठबन्धन दलका विद्यार्थी द्धारा आन्दोलन सुरु

२ साउन ७९, मंगलबार

३ साउन, काठमाडौं

Advertisement

सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु गरेको छ ।नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेका हुन् ।उनीहरुले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो भन्ने दावी गर्दै उनलाई बर्खास्तीको माग गरेका हुन् ।विद्यार्थी संगठनहरुले साउन ३ गते गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने घोषणा गरेका छन् ।त्यस्तै साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाव दिने निर्णय गरेका छन् ।

 विज्ञप्ति:

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top