×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोल्पाका माओवादी कार्यकर्ताद्धारा हवल्दार माथि कुटपिट

४ श्रावण २०७९

४ साउन , रोल्पा ।

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।त्रिवेणी गाउँपालिका वडा नं। ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्।घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए। डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए। बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो। मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका होरु भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ।

Advertisement

डिएसपी घिमिरेले भने,‘प्रहरी हवल्दार बाँठा मोटरसाइकल रोकेर पसलमा केही सामान किन्न गएका रहेछन्,’ त्यही क्रममा माओवादी सबै हरूवाहरू किन यहाँ बसेका छौं भनेपछि आक्रमणमा उत्रिएको भन्ने खुलेको छ।’‘प्रहरी हवल्दार बाँठाले तिमी हरूवा माओवादी भनेपछि किन हामीलाई हरूवा भन्नेरु भन्दै उनीहरू एकाएक जाइलागेको भन्ने छ, हामीले कुटपिटमा संलग्न व्यक्ति र पीडित हवल्दारलाई राखेर केहीबेरमा छलफल गर्दैछौं।’

Advertisement

उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको डिएसपी घिमिरेले बताए।पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन्।घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई अटोरिक्साबाट घरतर्फ पठाएको आरोप बाँठाको छ।घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले बताएका

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top