भीम रावलले संसदको रोष्टम २० मिनेट कब्जा गरेपछी १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित

३ साउन ७९, बुधबार

४ साउन ,काठमाण्डौ ।

प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले एसपिपीबारे सरकारले पठाएको पत्रबारे सदनलाई जानकारी गराउन रूलिङ गर्नुपर्ने माग गर्दै ‘रोष्टम कब्जा’ गरेका छन्।प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए।बोल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई तीन मिनेटको दरले समय दिएका थिए। सुरूमा नेकपा माओवादीका सांसद शक्तिबहादुर बस्नेत बोलेका थिए। त्यसपछि सांसद पूर्णकुमारी सुवेदी बोलेकी थिइन्।सुवेदीपछि बोल्ने पालो एमाले सांसद भीम रावलको थियो। रावललाई रोष्टम बोलाएर सभामुख सापकोटा बाहिर निस्केका थिए। यसपछि सभामुख आसनमा नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडी बसेकी थिइन्।एमाले सांसद रावलले छलफलमा प्रस्तुत प्रस्तावबारे नेपाल सरकारले ध्यान दिनुपर्ने बताउँदै कुरा सुरू गरेका थिए।

उनले भने, ‘कुनै पनि ठूला देशहरू, जसले प्रशस्त मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छन् उनीहरू कोही पनि सदस्य भएको देखिँदैन,’ ‘नेपाल सन्धी सम्झौता पीडित देशका रूपमा रहेको छ। आजसम्म सन्धी सम्झौता सच्याउन सकेको छैन।’ ‘गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले एसपिपीमा नेपाल सहभागी हुँदैन भन्नुभयो। मन्त्रिपरिषदले यसबारे निर्णय पनि गर्‍यो,’ ‘नेपालले यसलाई अगाडि बढाउँदैन भनेर निर्णय गर्‍यो तर पत्र पठाउँदैन।’

Advertisement

उनले यसपछि उनले विषयान्तर गरे। केही अगाडि एसपिपीबारे धेरै छलफल भए पनि सरकारले अहिलेसम्म पत्र नपठाएको उनले बताए।उनले संसदले सरकारलाई मद्दत गर्नुपर्ने अवस्था आएको बताए।

‘यस मामिलामा म पनि मन्त्रिपरिषदको निर्णयलाई समर्थन गरेर सहयोग गर्नुपर्छ भन्ने ठान्छु,’ उनले भने, ‘तर सरकारलाई अप्ठ्यारो पर्‍योजस्तो छ। यो संसदले सरकारको अप्ठ्यारोलाई सजिलोमा परिणत गरिदिनुपर्‍यो।’एसपिपीबारे नेपाल संलग्न हुँदैन भने पनि के कारणले पत्र पठाउन रोकिएको हो त्यो जानकारी गराउन संसदले रूलिङ गर्नुपर्ने रावलले बताए।

Advertisement

‘नेपालीका मागलाई लिएर रूलिङ माग गर्न चाहन्छु’ यति भनेर उनी रोष्टममा उभिइरहे। रावल बेलाबेला बोल्दै रोकिँदै रोष्टममै उभिएका थिए भने सभामुख आसनमा बसेकी सत्या पहाडीले यसबारे मन्त्रीले जवाफ दिने बताइरहेकी थिइन्।यसबीचमा केही सांसदहरूले विषायन्तर भएको भन्दै नियमापत्ति पनि जनाएका थिए।लामो समयसम्म रावलले रोष्टम नछाडेका बेला सभामुख सापकोटा सभामुख आसनमा आइपुगे।सभामुख सापकोटाले अर्को विषयमा छलफल चलिरहेको र विषय ध्यानाकर्षण भएकोले आसन ग्रहण गर्न रावललाई आग्रह गरेका थिए।

रावल रोष्टममा उभिइरहेपछि सभामुख सापकोटाले भने, ‘विषयान्तर भएको हुनाले निर्देशन गर्न मिल्दैन। त्यसकारण तपाईं आफ्नो आसनमा गएर बस्नुहोला। यो बैठक १५ मिनेटका लागि स्थगित हुन्छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top