बजेट प्रकरणः संसदीय छानविन समितिको म्याद थपको प्रक्रिया अघि बढाइयो

५ साउन, काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् ।

यसअघि २२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले १० दिनको समय उपलब्ध गराइएको थियो । तर तोकिएको समयमा काम पूरा नभएकाले थप समय माग गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

‘हामीले आवश्यक पर्ने समय थप गरिदिन भनेर माग गरेका छौं, थप हुन्छ कि हुँदैन थाहा छैन,’ उनले भने ।

उनले सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीमा पठाइसकेको र त्यसको रिपोर्ट कहिले आउँछ भन्ने टुंगो नभएको पनि बताए ।

छानबिनको क्रममा समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार करिब ३ घण्टासम्म सोधपुछ गरेको छ ।

शर्माले ‘आफूलाई लागेको कुरा र भोगेको कुरा’ बताएको अर्यालले बताए । तर शर्माले ठ्याक्कै के भने भन्ने कुरा अर्यालले खुलाएनन् ।

यद्यपि समितिका अन्य सदस्यहरुका अनुसार शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने आरोपको खण्डन गरेका थिए ।

निवर्तमान मन्त्री शर्माले सीसीटीभी फुटेज कति समयसम्म रहन्छ भन्ने प्राविधिक कुराको जानकारी आफूलाई नभएको बताए ।

यसअघि सीसीटीभी फुटेज माग गर्दा अर्थ मन्त्रालयका अधिकारीहरुले १३ दिनभन्दा बढी समयको व्याकअप नहुने भन्दै जेठ १४ गतेको फुटेज डिलिट भएको जवाफ दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top