नागरिकता विधेयकका सन्दर्भमा विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न

नागरिकता विधेयकका  सन्दर्भमा   विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न

६ साउन ,काठमाण्डौ ।

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभामा जारी छलफलमा तामाङले वैवाहिक अंगीकृत नागरिकताको विषयमा विधेयकमा महिला र पुरुषलाई छुट्टै व्यवहार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘विहे गर्ने पुरुषले मात्र हो रु महिलाले विहे गर्दैनन् र ?? पुरुषले विहे गरेर ल्यायो भने अहिल्यै दिनुपर्‍यो र  महिला नागरिक हैनन् ?? समानतको हकलाई कुल्चन मिल्दैन,’ तामाङले भने, ‘परिवार पुरुषले मात्र बसाल्छ रु महिलाले बसाल्दैनन् रु त्यसैले नागरिकतामा समान हक हुनुपर्छ ।’

विधेयकमा संविधानको मर्म र भावनालाई नसमेटिएको उनको भनाइ थियो । ब्रिटिस गोरखाहरूले नागरिकता पाएको विषयलाई नेपालको सन्दर्भमा दाँज्न नमिल्ने तामाङले तर्क गरे ।

तामाङले आमाको पवित्रतामाथि प्रश्न उठाउनु गलत भएको बताए । ‘आमाको पवित्रतामाथि किन प्रश्न । आमा त सत्य हो नि । बुबा त आमाले भनेपछि न विश्वास हुने हो,’ उनले भने, ‘कुनै किन्तु परन्तु जोड्नैपर्छ र रु हामी आमाका सन्तान यो बैठकमा बसेर च्यालेन् जगर्न मिल्दैन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.