स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सरकारको तयारी

६ साउन,काठमाण्डौ ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका हुन् ।स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताएका हुन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै संचालन गर्ने व्यवस्था गरेको बताए । त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको उनको भनाइ छ । त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले सोही अनुसार गर्न लागिएको उनको भनाइ छ।

उनले भने, ‘यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने अर्थमन्त्रीज्यूबाट बजेट भाषणमा आयो । त्यो चाँही संसदबाट पनि पारित भईसकेको छ । बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयमा सोधेर पठाएको छ । अर्कोतिर चारैतीरबाट प्राईभेटलाई सहभागिता नगराउँदाखेरी यो बीमा कार्यक्रम प्रभावकारी हुँदैन भन्ने सुझाव पनि सबैतिरबाट आएको छ । यो यो बजेटसँगसँगै पास भएको छ । र, बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेर पठाएको हुनाले हामीले मन्त्रालयबाट तहबाट मात्रै निर्णय गर्दाखेरी अलि अप्ठ्यारो हुन्छहोला भनेर क्याविनेट मिटिङमा लानेगरी त्यसलाई अगाडि बढाएका छौं । र, क्याविनेटले त्यसको डिसिजन गर्नेछ ।’

Advertisement

मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिताबिना स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राखे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top