प्रदेश १ नामाकरण का लागी बसेको सर्वदलीय बैठक विनानिष्कर्ष बिहिन

प्रदेश १ नामाकरण का लागी बसेको सर्वदलीय बैठक विनानिष्कर्ष बिहिन

६ साउन, काठमाण्डौ ।

प्रदेश नम्बर १ को नाम राख्न बसेको सर्वदलीय दलको बैठक विनानिष्कर्ष टुंगिएको छ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठकमा दलहरुले नामको विषयमा सहमति जुटाउन नसकेका हुन्।दलहरु आ-आफ्नै अडानमा अडिग हुँदा नाममा सहमति नजुटेको मुख्यमन्त्री राजेन्द्र राईले बताए।प्रदेश सभाको कार्यकाल सकिनु अगावै नाम राख्ने विषयमा मतभेद नभएपनि नामको विषयमा सहमति जुट्न नसकेको उनको भनाइ छ।

‘यही प्रदेश सभाबाट नाम राख्ने भन्नेमा हामी सहमत छौँ, त्यसमा एकमत छौँ। तर नाम भने टुंग्याउन सकेनौँ। अब छिट्टै टुंगोमा पुग्छौँ,’ मुख्यमन्त्री राईले भने।

प्रदेशको नामाकरण गर्दा भूगोलको आधारमा ‘कोसी’ हुनुपर्ने अडानमा एमाले छ।नेपाली कांग्रेसले पनि भूगोलकै आधारमा प्रदेशको नाम ‘सप्तकोसी’ हुनुपर्ने बताएको छ। नेकपा माओवादी केन्द्र एकल पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने अडानमा छ।नेकपा एकीकृत समाजवादी सबैलाई स्वीकार्य हुने साझा नामको पक्षमा रहेको छ। जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने आवाज उठाइरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.