×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

महान्यायाधिवक्ताको कार्यालयका उपसचिवद्वारा संसद सचिवालयका चालकमाथि हातपात

९ श्रावण २०७९

९ साउन, काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद सचिवालयमा कार्यरत गाडी चालक हरिराम रुपाखेतीलाई हातपात गरेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रुपाखेतीमाथि हातपात गरेका हुन् ।

संसद सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले चालकले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए । उनका अनुसार ट्रेड युनियनसँग पनि छलफल भएको छ ।

Advertisement

चालक रुपाखेती भन्छन्, ‘उहाँ कहाबाट चड्नु भो थाहा भएन । यहाँ (सिंहदरबार गेट) आइपुगेपछि म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै निहु खोजे । त्यतिबेला गाडीमा ३-४ जना हुनुहुन्थ्यो । बढी हुन्छ्स् भन्दै कुट्नु भो । कुट्न थालेपछि अरुले गैहाल्नुस भनेर उहाँ (उपसचिव)लाई भगाइदिए ।’

‘पुलिसले पनि देखे, केही गरेनन् । के भो भन्दै ? मलाई नै सोधे । हामी साना मान्छेलाई यस्तै हुदो रहेछ’ उनले भने ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका चालकलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।

‘बस चढ्न रोक्दा ठाउँमा रोकेनन् भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेला ड्राइभरलाई थप्पड हानेर हिँडेछन्’ प्रवक्ता पाण्डेले भने, ‘अब थप्पड हान्ने उपसचिवविरुद्ध प्रक्रियामा जान्छौं । प्रहरी उजुरी दिने तयारी गर्दैछौं ।’

Advertisement

संसद सचिवालयमा १० वर्षदेखि कार्यरत रुपाखेतीले उपसचिव श्रेष्ठले आफूलाई धम्की दिएको भन्दै गाडी चलाउन छोडेका छन् । ‘गाडी लिएर आइस भने सल्लाघारीमा मान्छे लाएर पिटाउछु भनेका छन् । कसरी गाडी चलाउनु ?’ उनले भने ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top