यातायात मन्त्री राईको गाडीलाई ट्राफिकले ठोक्यो जरिवाना

८ साउन ७९, सोमबार

९ साउन,काठमाण्डौ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले चड्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । आज बिहान राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको थियो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका अधिकृतले बताएका छन् । ‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरीले बताएको छ । जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको जनाएको छ । ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन् ।

यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ । गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन । सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पार्टीभित्र विवाद चुलिएपछि जसपाले गत असार २९ मा मन्त्रीहरु हेरफेर गरेको थियो । जसपाले नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा प्रवेश भएका हुन् । राई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवको स्थानमा फेरिएका थिए । योसँगै उनी तेस्रोपटक मन्त्री बनेका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top