अब एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने

अब एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने

१४ साउन ,काठमाण्डौ ।
एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।

आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।

‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार गरिने मन्त्रालयले जनाएको छ।

 

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.