१५ साउन, काठमाडौं ।
नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरेको हो ।आइतबार गरिएको काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् ।
ती जिल्लाका सबै प्रहरी उपरीक्षक ९एसपी० हरुले एक वर्षभन्दा बढी जिल्लाको नेतृत्व गरिसकेका थिए ।उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० र इलामका महेन्द्र श्रेष्ठ मधेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा सरुवा भएका छन् ।नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय, नक्साल पठाइएका छन् ।