काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या

१६ साउन, काठमाडौँ । तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।

Advertisement

घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् ।

एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

Advertisement

गोरखा भीमसेन गाउँपालिका–६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी पुगिसकेको र हत्याबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top