रुपन्देहीबाट स्रोत नखुलेको साढे १२ लाखसहित एक भारतीय नागरिक पक्राउ

Share this
728shares

१६ साउन, काठमाडौं ।

Advertisement

रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।

साहुको साथबाट एक हजार दरका ११ लाख, ५०० दरका एक लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।साहुलाई बरामद रकम र मोटरसाइकलसहित भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top