कैलालीबाट बाघको छाला र हड्डी सहित चार जना पक्राउ

१९ साउन ७९, शुक्रबार

२० साउन, कैलाली ।

Advertisement

प्रहरीले कैलालीबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।बैतडी डिलासैनी गाउँपालिका(२ का राजेन्द्र सिंह भण्डारी र डोटी जोरायल गाउँपालिका २ का समिर ओली, कैलाली चुरे गाउँपालिका ६ का टेकबहादुर रावत र धिरेन्द्र रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रहरीले उनीहरूलाई शुक्रबार गोदावरी नगपालिका(२ तेघरी खानेपानी ट्याङ्कीबाट पक्राउ गरेको हो।प्रहरीले गोदावरी नगपालिका २ अत्तरियातर्फ अवैध रूपमा बाघको छाला ओसारपसार भइरहेको भन्ने गोप्य सूचना पाएको थियो।सोही क्रममा तेघरी खानेपानी ट्याङ्कीनजिक बुडरबाट धनगढीतर्फ आएको सु।प।प्र। ०४ ००१ च ०००६ नम्बरको बोलेरो चेक गरेको थियो।प्रहरीका अनुसार गाडीबाट एक थान बाघको छाला र हड्डी फेला परेको हो।बाघको छाला र बाघको दुई किलो हड्डी समेत बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूलाई जिल्ला वन कार्यालय कैलाली पठाउने काम भइरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top