२० साउन, कैलाली ।
प्रहरीले कैलालीबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।बैतडी डिलासैनी गाउँपालिका(२ का राजेन्द्र सिंह भण्डारी र डोटी जोरायल गाउँपालिका २ का समिर ओली, कैलाली चुरे गाउँपालिका ६ का टेकबहादुर रावत र धिरेन्द्र रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले उनीहरूलाई शुक्रबार गोदावरी नगपालिका(२ तेघरी खानेपानी ट्याङ्कीबाट पक्राउ गरेको हो।प्रहरीले गोदावरी नगपालिका २ अत्तरियातर्फ अवैध रूपमा बाघको छाला ओसारपसार भइरहेको भन्ने गोप्य सूचना पाएको थियो।सोही क्रममा तेघरी खानेपानी ट्याङ्कीनजिक बुडरबाट धनगढीतर्फ आएको सु।प।प्र। ०४ ००१ च ०००६ नम्बरको बोलेरो चेक गरेको थियो।प्रहरीका अनुसार गाडीबाट एक थान बाघको छाला र हड्डी फेला परेको हो।बाघको छाला र बाघको दुई किलो हड्डी समेत बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूलाई जिल्ला वन कार्यालय कैलाली पठाउने काम भइरहेको जनाएको छ।