एमालेका जनप्रतिनिधिहरुको बहिष्कार पछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित

१९ साउन ७९, शुक्रबार

२० साउन, काठमाडौं ।

एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ ।धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो ।

‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट बाहिरिएपछि कार्यपालिका स्थगित भएको हो । किन स्थगित गरेको कारणबारे केही बोल्नु भएन । कार्यपालिका बैठकमा आफ्नो कुरा राख्ने, विरोध गर्ने अधिकार त थियो नि । तर, बिना छलफल र जानकारी नै नदिई यसरी बैठक बहिष्कार गर्नु स्वभाविक भएन । उहाँहरुले दलीय रुपमा असयोग गर्न खोजेको हो भने त्यो गलत हुनेछ,’ उपप्रमुख बेघाले भने ‘आजको बैठकमा बाटोको मापदण्डको विषय, संस्थागत विद्यालयको पदपुर्ती र सुधार सम्बन्धी योजना, कर्मचारीहरुको मुल्यांकन लगाययतको विषय थिए । कार्यपालिकामा बहुमत सदस्यले बहिष्कार गरेपछि एजेण्डा अगाडी नै बढेन ।’

कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘आज अनेकन एजेन्डामध्ये साबुन फ्याक्ट्री खोल्ने र खानेपानीको लागि ठूलो जलाशय बनाउने मेरा एजेन्डाहरु थिए तर कार्यपालिका बैठक बस्न सकेन । आशा छ छिट्टै बसिनेछ बैठक र पारित हुनेछन् । ’

 

धरान उपमहानगरमा मेयर हर्क साम्पाङ्ग र एमाले बिचको द्वन्द्व चर्किँदै गएको छ । एमालेकी नेतृ रहेकी मेयरमा पराजित मञ्जु भण्डारीले सहकारीको विषयलाई लिएर उपमहानगर विरुद्ध मान्छे उचालेको भन्दै मेयर राईले सामाजिक सञ्जालमा विरोध गरेका थिए । त्यसपछिको स्टाटसहरुले विवाद बढ्दै गएको थियो । धरान उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top