इजरायल र प्यालेस्टाइनबीच किन भड्कियो हिंसा ?

२२ साउन, एजेन्सी ।
इजरायल र प्यालेस्टाइनबीच एक वर्ष यताकै सबैभन्दा गम्भीर हिंसा भड्किएको छ । सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो । तर त्यसको एक वर्ष पछि पुनः हिंसा सुरू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो समय गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन् ।

मृत्यु हुनेमा ६ जना बालबालिका छन् । इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ । इजरायलले प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहका एक वरिष्ठ कमाण्डरलाई शुक्रबार मारेपछि लडाई सुरू भएको हो । इजरायली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ । यता विद्रोहीहरूले शुक्रवारदेखि इजरायलमा ३५० भन्दा बढी रकेट प्रहार गरेका छन् ।

गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौं क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरायली सेनाले बताएको छ । शनिवार पनि इजरेली सहरहरूमा क्षेप्यास्त्र प्रहार हुनसक्ने चेतावनी दिने साइरनहरू बजेका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई वेस्ट ब्यांकमा छापा मारेर पक्राउ गरिएको हो । यता गाजा क्षेत्रको मुख्य सैन्य समूह हमासले भने अहिलेसम्म आफ्ना ठूला क्षेप्यास्त्र प्रणालीबाट प्रहारहरू गरेको छैन । यद्यपि हमासको विचारधारा पीआईजेसँग मिल्छ र उनीहरूले प्रायः आपसी समन्वयमा काम गर्छन् ।

जसले गर्दा हमासलक्षित इजरायली हमलाहरू भएका विवरण आएका छैनन् । यद्यपी हमासले शुक्रवार राति कडा बयान जारी गर्दै प्रतिरोधी समूहहरू एकजुट भएको बताएको छ । तर आफूले गाजालाई शासन गर्ने भएकाले आफ्नै व्यावहारिक विचारहरू रहेकाले थप संलग्न हुनलाई आफू रोकिन सक्ने उसको सङ्केत छ ।

इस्लामिक जिहादले उत्तरी वेस्ट ब्याङ्कमा आफ्ना एक नेताको गिरफ्तारीको बदला लिने डरबीच इजराइलले गाजासँगको आफ्नो आवतजावत हुने क्षेत्र बन्द गरेपछि प्यालेस्टिनी क्षेत्रमा कठिनाइ उत्पन्न भएको बीबीसीले लेखेको छ । यदि गाजामा नागरिकको मृत्युको सङ्ख्या द्रुत रूपमा बढ्यो र उसले लडाइँमा सामेल हुने निर्णय गरेमा यो अत्यन्तै कडा खालको हुने अनुमान गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top