नासुहरुले अर्थमन्त्रालय किन घेरे ?

२३ साउन,काठमाण्डौ ।
असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नायब सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

आईतवार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए ।

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको आरोप लगाए ।

Advertisement

नायव सुब्बा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं = गोविन्दप्रसाद कोइराला
नासुहरुले सरकारले चोर बाटोबाट तलव वृद्धि गरेको भन्दै समान तलववृद्धिको माग गर्न अर्थमन्त्रालय घेराउ गर्नुपरेको बताएका छन् । नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिएको हो । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताएका छन् ।

सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए । साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top