विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटा

२९ साउन,काठमाण्डौ ।

विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटालाई प्रस्ताव गरिएको छ।पार्टी अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिएका थिए। मिश्रले गत जेठ ११ गते राजीनामा दिए पनि उनको राजीनामा बारे केन्द्रीय समितिमा छलफल हुन सकेको थिएन।

विवेकशील साझाका नेता निर्देश सिलवालका अनुसार बाँस्कोटालाई अध्यक्ष र सञ्जीवबल्लभ भट्टराईलाई संयोजक बनाउनेबारे छलफल भएको छ।‘आज अपरान्ह ३ बजे पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘अध्यक्षबाट मिश्रले दिएको राजीनामा स्वीकृत गर्ने र नयाँ अध्यक्ष र संयोजक बनाइन्छ।’

Advertisement

चुनावका लागि पार्टी दर्ता गर्ने समय साउन ३१ गतेसम्म मात्रै छ। नयाँ अध्यक्ष चयन गरेर चुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गरिने उनले बताए।‘जुन विन्दुबाट पार्टीभित्र विवाद र समस्या देखा परेका थिए त्यो अब समाधानतर्फ लैजाने गरी नयाँ परिस्थिति बन्दैछ,’ उनले भने।

पार्टीका अर्का नेता प्रकाशचन्द्र परियारले पनि बाँस्कोटालाई नयाँ अध्यक्ष बनाउन लागिएको बताए। उनले अब नयाँ ढंगबाट पार्टी सञ्चालन हुने बताएका छन्।आज बस्ने केन्द्रीय समिति बैठकमा मिलन पाण्डेहरू लगायतमाथि यसअघि गरिएको कारबाही फुकुवा गर्नेबारे पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।मिश्रले राजीनामा दिँदा पाण्डेलगायतलाई गरिएको कारबाही फुकुवा गर्न केन्द्रीय समितिलाई आग्रह गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top