२९ साउन,काठमाडौं ।
साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७।९२ अंकले घट्दै २ हजार १०।०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४।७६ अंकले घट्दै ३८६।९० अंकमा झरेको छ ।
झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३।५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०।८ प्रतिशतले घटेको छ ।
यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २।७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २।५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २।४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २।२६ प्रतिशतले घटेको छ ।
हाइड्रोपावर समूहको उपसूचक १।८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १।३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १।०९ प्रतिशतले, बैंकिङ समूह ०।६७ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज १।१३ प्रतिशतले घटेको छ ।