इजिप्टको एक चर्चमा आगलागी हुँदा ३५ जनाको मृत्यु

इजिप्टको एक चर्चमा आगलागी हुँदा ३५ जनाको मृत्यु

२९ साउन ,एजेन्सी ।

इजिप्टको एक चर्चमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।आइतबार इजिप्टको गिजा शहरमा रहेको चर्चमा आगो लाग्दा ४५ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।चर्चमा प्रार्थनाका निम्ति ५ हजार जना भेला भएका थिए। आगलागीपछि भागदौड मच्चिएको थियो।

चार वटा दमकलले परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो।इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.