×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

लालबाबुको पद धरापमा, राजीनामाको फण्डा के हो ?

७ भाद्र २०७९

७ भदौ ,काठमाण्डौ ।

सरकारले संघ र प्रदेशका लागि निर्वाचन तोकिसकेको अवस्थामा मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामाको विषयले अहिले नयाँ स्वरुप लिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

Advertisement

स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियानमा भ्रष्टाचार भएको भन्दै उपेन्द्रले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको खबर सार्वजनिक भएको थियो । तर, आज बिहान जनकपुर पुगेका यादवले ती खबरहरुमा सत्यता नभएको बताएका छन् । ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन । तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन,’ उनले भने ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन ।

राउत यादवकै दल जसपाका नेता हुन । यता मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन् । आज पत्रकारहरुसँगको छलफलमा उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताएका हुन् । यद्यपी जसपा कार्यकारिणी समितिको पछिल्लो बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए ।

बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार भने राउतलाई राजीनामा गर्न निर्देशन दिएको खबर बाहिरिएको थियो । तर मंगलबार भने यादवले सो खबर सत्य नरहेको बताएका हुन् । जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको थियो । मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वितरण गरेको साइकल खरिदमा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा मुख्यमन्त्री राउतलाई चोख्याइएको टिप्पणी भइरहेकै बेला जसपाभित्रबाट राउतमाथि राजीनामाका लागि दबाब बढेको हो । खासमा मंसिरको चुनाव नजिकिदै जाँदा उपेन्द्र आफैंले पनि राउतलाई पन्छ्याउन खोजेको देखिन्छ । त्यसको प्रमुख कारण, सप्तरीमा आफू सुरक्षित बन्न नै हो ।

त्यसैले पर्साबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई फ्याँकेर आफ्नै जिल्लाका, अझ आफ्नै क्षेत्रका शैलेन्द्र साहलाई उनी केही महिनामात्रै भएपनि मुख्यमन्त्री बनाउन चाहन्छन् । साह अहिले मधेसका आर्थिक मामिलामन्त्री छन् ।

मधेस सरकार एक त भ्रष्टाचारका विषयमा मुछिनु, तथा हिन्दुत्वको वकालत गरिरहेको भारतीय जनता पार्टीको दबाबले गैर हिन्दु समुदायका राउत मुख्यमन्त्री रहिरहनु र आगामी चुनावमा भाजपाले चाहेजस्तै गेहरु बस्त्रधारण गरेका सीके राउतले चुनौती दिनुले उपेन्द्रको टाउको दुखाई बढेको विश्लेषण भइरहेका छन् । यद्यपी मधेस प्रदेशमा मुश्लिम समुदायको उल्लेख्य भोट उपेन्द्रले यसअघि पाउँदै आएका थिए । लालबाबुलाई हटाउँदा त्यो गुम्ने खतरा पनि उनले देखेका छन् । यहिसबका बीच उपेन्द्र कहिले मुख्यमन्त्रीलाई हटाउने त कहिले नहटाउने अभिब्यक्ति दिदै हिडेका छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top