×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविको पार्टीले स्वतन्त्र उम्मेदवारलाई समेट्ने,रवि लामिछानेडा.मुकुल ढकाल

७ भाद्र २०७९

७ भदौ ,काठमाण्डौ ।

रवि लामिछाने नेतृत्वको नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ। देशका विभिन्न स्थानमा जिलला तथा प्रदेश भेलाहरु सम्पन्न गरी स्वतन्त्र पार्टीले पदाधिकारी टुङगो लगाएको थियो । सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोलप्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ।

Advertisement
Advertisement

रविले महामन्त्री बनाएका ढकाल पेशाले चिकित्सक हुन् । रविकै पहलमा कालिकोटमा रास्कोट अस्पताल बनेको छ । डा ढकाल यही अस्पतालका निर्देशक हुन् । अस्पताल निर्माणका क्रमदेखि रविसँग जोडिएका विराटनगर–३ का ढकाल यसअघि पार्टीमा प्रवक्ता थिए । ढकाल यस अघि विवेकशील पार्टीमा थिए । रविले पार्टी खोल्ने भएपछि गत असार १ मा उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । यस्तै हाल संसदमा रहेका राजनीतिक दलहरुबाहेकका दलहरु तथा गैरदलीय रुपमा उम्मेदवारी घोषणा गरेका सक्षम स्वतन्त्र नेपाली नागरिकहरुसँग सहकार्य गर्ने प्रयोजनका लागि केन्द्रीय सदस्य गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

रविले स्वतन्त्र पार्टी गठन गरेपनि बाहिर उम्मेदवारी दिने तयारीमा रहेकाहरुलाई नसमेटेको भन्दै देशका विभिन्न स्थानमा स्वतन्त्र अभियानका नाममा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । स्वतन्त्र उम्मेदवारकै कारण आफूहरुका पक्षमा आउने जनमत पनि बाँडिने भएकाले स्वतन्त्र उम्मेदवारहरुलाई समेट्ने रणनीतिमा स्वतन्त्र पार्टी पुगेको विश्लेषण गरिएको छ ।

उता,आम नेपाली जनताले दैनिक जीवनमा सामना गर्नु परिरहेका समस्याहरु समाधानमा सहयोग गर्ने, सामाजिक कार्यमा सहकार्य गर्ने र बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गरेको बैठकपछि सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

बैठकले केन्द्रीय सदस्य गीता रेग्मीले दिएको राजीनामालाई स्वीकृत गरी रिक्त सदस्य पदमा चितवनकी सविना वि.क.लाई नियुक्त गरेको छ । रविले पार्टी गठन पछि आफ्नो टिममा तत्काल २१ जना रहने घोषणा गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top