विश्वकपको ढोका खोल्न नेपाली टिमको केन्या यात्रा

७ भदौ ,काठमाण्डौ ।

टी–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै छ । दिउँसो चार बजे केन्या प्रस्थान गर्न लागेको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रूपमा नेपाली टिम सम्हाल्नेछन् ।

Advertisement

सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ । खेलको लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव रहेका छन् ।

नेपालविरुद्धको सिरिजका लागि केन्याले भने टिममा कप्तान शेम नगोचे, विकेटकिपर इरफान करिम, अलेक्स ओबान्डा, सुखदिप सिंह, राकेप पटेल, कोलिन्स ओबुया, साची बुधिया, नेल्सन ओधियाम्बो, इमानुएल बुन्डी, इयुगेन ओचिएङ, भिराज पटेल, एलिजाह ओटिएनो, लुकास ओलुओच र नेहेमियाह ओधियाम्बोलाई स्थान दिएको क्रिकफिटले जनाएको छ । सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ ।

Advertisement

सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो । सन् २००० देखि २००४ सम्म गरि तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । यता नेपाल भने लिग–२ को शीर्ष तीन स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । पछिल्लो पटक २०१८ मा भएको डिभिजन टु मा नेपालले केन्यालाई तीन विकेटले हराएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top