×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

बीजेपी नेतृ सोनालीको हत्या प्रकरण के हो ?

१२ भाद्र २०७९

१२ भदौ , एजेन्सी ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीकी चर्चित नेतृ सोनाली फोगाटको हत्यामा संलग्न उनका पीए सुधीर सांगवान र साथी सुखविन्दर वासीलाई गोवा प्रहरीले पक्राउ गरेको छ। दुबैलाई अदालतमा पेश गरेपछि उनीहरुलाई १० दिनको प्रहरी हिरासतमा पठाइएकोे छ । सोनालीका परिवारले सुधीरमाथि हत्या र बलात्कारको आरोप लगाएका छन् । साथै परिवारजनको आग्रह पछि हरियाणाका मुख्यमन्त्रीले गोवाका मुख्यमन्त्रीलाई यो हत्या प्रकरणको अनुशन्धानको जिम्मा सीआईबीलाई दिन आग्रह गरेका छन् ।

Advertisement
Advertisement

सुरुवातामा सोनालीको ह्दयघातका कारण मृत्यु भएको बताएको गोवा प्रहरीले २५ अगस्टमा सोनालीको मृत्यु प्रकरणमा हत्याको धारा पनि थपेको थियो। जब फोगाट २२ अगस्टमा गोवा पुगेकी थिइ संगवान र वासी उनीसँगै थिए। फोगाटलाई हृदयघातको शंका लागेपछि मंगलबार बिहान उत्तरी गोवा जिल्लाको अन्जुनास्थित सेन्ट एन्थोनी अस्पतालमा लगिएको गोवा प्रहरीले बताएको थियो। उनलाई अस्पतालमा मृत घोषणा गरिएको थियो ।

यसपछि प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेको थियो । तर बिहीबार पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले हत्या र बलात्कारको मुद्दा दर्ता गर्याे । रिपोर्टका अनुसार सोनालीको शरीरमा धेरै चोटका निशान छन् । फोगाटको रिपोर्टमा “शरीरमा धेरै पटक कुनै वस्तुले जबरजस्ती प्रहार गरेको“ उल्लेख गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । त्यसलगत्तै बाहिरिएको सीसीटिभी फुटेजमा सोनाली लर्खराउदै एक ब्यक्तिको साथमा शौचालय तर्फ गईरहेको देखिएसँगै उनलाई ड्रक्स दिएको पनि खुलासा भएको थियो ।

जुन खुलासाले सोनालीको मृत्यु प्रकरण हत्या प्रकरण बनेको नवभारत टाईम्सले उल्लेख गरेको छ । घटनामा जोडिएका सुधीर सांगवानले २०१९ को हरियाणा विधानसभा चुनावमा सोनाली फोगाटसँग भेट गरेका थिए। पछि सुखविन्दरले सोनालीसँग पनि काम गरे । इन्स्टाग्राममा पोष्ट गरिएका तस्विरमा सोनाली फोगाटसँग सुधीर सांगवान पनि देखिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यति मात्र होइन, जब सोनाली बिग बोसमा आबद्ध भइन सुधीरले उनलाई बाहिरबाट धेरै सपोर्ट गरेका थिए । हरियाणा विधानसभा चुनावमा सुधीरसँग भेट भएपछि सोनाली आदमपुरबाट प्रचारप्रसार गरिरहेकी थिइन् । सोनाली लगातार राजनीतिमा काम गर्न चाहाने भएकाले उनले सुधीरलाई निजी सहायक नियुक्त गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । सुधीर सांगवान मूल रूपमा हरियाणाको गोहानाको खेडा गाउँका हुन्।

उनकी श्रीमती सरकारी शिक्षिका भए पनि परिवारका सदस्य सुधीरसँग सम्पर्कमा छैनन् । सुधीर सांगवान सन् २०१५–१६ मा रोहतकको सेक्टर २ मा भाडाको घरमा बस्दै आएका थिए । तर, खराब व्यवहारका कारण घरधनीले जबरजस्ती घर खाली गराएका थिए । सोनाली फोगाट मृत्यु प्रकरणमा सुधीरसँगै पक्राउ परेका सुधीर वासी सोनालीको साथी रहेको बताइएको छ । यद्यपि मिडिया रिपोर्टका अनुसार उनले सोनालीलाई सुधीरमार्फत भेटेका थिए ।

सुखविन्दर मूल रूपमा हरियाणाको चरकिदाद्री जिल्लाको मन्डोला गाउँका बासिन्दा हुन् । सुखविन्दरले हरियाणाका विवादित विधायक गोपाल कान्डासँग पनि काम गरिसकेका छन् । सोनालीका भाइ रिंकु ढाकाले गोवा प्रहरीमा दिएको उजुरीमा सुधीर र सुखविन्दरविरुद्ध गम्भीर आरोप लगाएका छन् । रिंकुले सुधीरमाथि सोनालीलाई बलात्कार गरेको आरोप लगाएका छन्।

Advertisement

यस्तै सुधीरले लामो समयदेखि सोनालीलाई बलात्कारको भिडियो बनाएर ब्ल्याकमेल गरिरहेको पनि बताएका छन् । सोनालीलाई सुधीरले आफ्नो नियन्त्रणमा राखेको भन्दै परिवारसँग कुरा गर्न नसकेको आरोप पनि रहेको छ । सोनालीका पतिको केही वर्ष पहिलेनै मृत्यु भईसकेको छ भने उनी एक छोरी रहेकी छिन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top