काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनयर राख्ने मेयर बालेनको प्रस्ताव

१२ भदौ ७९, आइतबार
Share this
749shares

१२ भदौ, काठमाडौं ।

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।

मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।

Advertisement

त्यस्तै काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top