१४ भदौ ,विराटनगर ।
राउण्ड टेबल नेपालले मोरङको रंगेलीमा एक विद्यालयको शौचालय र बाहिरी पर्खाल निमार्ण गरिदिएको छ । राउण्ड टेवल अन्तरगत रहेको विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ले महर्षी मेही विद्यालयको शौचालय र विद्यालय परिसरको पर्खाल निमार्ण गरिदिएको हो ।
१५ लाखको लागतमा निमार्ण गरिएको शौचालय र पर्खालको सोमबार एक कार्यक्रमका बीच राउण्ड टेबलका पदाधिकारीहरुले विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती र रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजूलीले शौचालय र विद्यालय पर्खालको उद्घाटन गरेका छन् ।
राउण्ड टेबलले सो विद्यालयमा वहुवर्षे योजनाअन्तर्गत १ करोड रुपैयाँभन्दा बढीको लगानी गरिसकेको छ । आगामी दिनमा पनि सहयोगको कामलाई निरन्तरता दिने अध्यक्ष बाहेतीले बताएका छन् । राउण्ड टेबल नेपालले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।