×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

बाढी भित्र पाकिस्तान, ६४ लाख मानिस भोकभोकै

१६ भाद्र २०७९

१६ भदौ , एजेन्सी ।
भीषण बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ । मध्य जुन महिनाबाट सुरु भएका वर्षापछि बाढी निरन्तर रहदा बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ । यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३ हजार भन्दा बढी मानिस घाइते भएका छन् ।

बाढीकै कारण सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ । नासाको मोडिज् स्याटलाइट सेनसरले लिएको तस्विरमा इन्डस नदीको बहाव बढ्दा सिन्ध प्रान्तमा ६२ माइल लामो ताल नै बनेको हो । बाढीले डुबानमा परेको अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । सिन्ध र बलुचिस्तान प्रान्तमा औशत् भन्दा ५०० प्रतिशत बढी वर्षा भएको छ ।

Advertisement
Advertisement

यस वर्षको बाढीलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । पाकिस्तानको इतिहासमा सबैभन्दा विनाशकारी उक्त बाढीका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । बाढीले ठूलठूला घरहरु बगाएको छ । यस्तै, अर्बौंको क्षति भएको छ । दुई लाख ८७ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भएका छन् ।

करिब सात लाख ३५ हजार भन्दा बढी पशुपंक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ । पाकिस्तान सरकारले यो बाढीलाई जलवायु परिवर्तनको उपज भनेको छ । संयुक्त राष्ट्रसंघले पनि बाढीलाई जलवायु परिवर्तनकै कारण भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ । पाकिस्तान सरकारले पनि राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ ।

डब्ल्यूएचओलेको रिपोर्ट अनुशार पाकिस्तानका १५४ जिल्लाहरू मध्ये ११६ जिल्लाहरू प्रभावित भएका छन् । बाढीको कारण देशका ८८८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ, जसमध्ये १८० वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

Advertisement

विश्व स्वास्थ्य संगठनले देशको स्वास्थ्य प्रणालीले कोभिड–१९, हैजा, टाइफाइड र दादुराजस्ता विभिन्न समसामयिक स्वास्थ्य खतरासँग जुधिरहेको जनाएको छ । संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न थप तीन करोड अमेरिकी डलरको जीवन रक्षक मानवीय सहायताको घोषणा गरेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top