आज नेप्सेमा २.२३ अंकको गिरावट

२२ भदौ ७९, बिहीबार

२३ भदौ, काठमाडौं ।

Advertisement

साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक (०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो ।

नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो ।

Advertisement

बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

त्यस्तै ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुादा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४।४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४।०९ प्रतिशतले वृद्धि भएको छ ।यता सामुदायिक लघुवित्तको सेयर मूल्य ६।४९ प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५।५६ प्रतिशतले घटेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top