२४ भदौ , काठमाण्डौ ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तालमेल गर्ने भएको छ । प्रदेशसभा निर्वाचनमा भाग नलिएको स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि वार्ता समिति गठन गरेको छ । सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू गणेश पराजुली, डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य छन् ।
प्रवक्ता डा. मुकुल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त अधिकार सम्पन्न उच्चस्तरीय वार्ता समितिले विभिन्न दल तथा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकता गर्नेछ । यस्तै बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले केन्द्रीय समितिमा डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई मनोनीत गरेको छ । त्यस्तै निर्वाचन घोषणापत्र तयारी समिति पुनर्गठन गरी डा।पाँडेलाई संयोजक बनाइएको छ ।
घोषणापत्र तयारी समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, डा। प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन र रामकृष्ण भट्टराई सदस्य छन् । स्थानीय तहको निर्वाचन पश्चात एकाएक राजनीतिमा होमिएका रविले कुनैपनि हालतमा जनताको अवस्था परिवर्तनका लागि आफूहरु संसद्मा पुग्नै पर्ने बताउदै आएका छन् ।
पार्टी गठनसँगै देशब्यापी कार्यक्रमलाई निरन्तरता दिदै आएका रविले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर जिल्ला तर्दथसमिति गठन गरिसकेका छन् । प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फको भोटमा ज्यादा महत्व दिएका रविको पार्टीले अहिलेसम्म उम्मेदवारहरुको नाम भने सार्वजनिक गरेको छैन् । आगामी चुनावका लागि स्वयम रविले समेत आफ्नो उम्मेदवारी कहाँबाट हुने भन्ने विषय खुलाएका छैनन् ।
आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नका लागि कम्पत्तिमा एक सिट प्रत्यक्ष र समानुपातिकमा कम्त्तिमा ३ प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने भएकाले पनि पार्टी पङितबाटै आशा गरिएका रविले नै आफूलाई प्रत्यक्षबाट चुनावमा विजयी गराउने गरी रणनीति बनाउनुपर्ने बाध्यता उनकै काँधमा रहेको छ ।
राष्ट्रिय दलको मान्यता पाउन देशभरिबाट समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने र संघीय संसद्मा कम्तीमा एक सीट पहिलो निर्वाचित हुने प्रणालीबाट जित्नुपर्ने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउन नसकेका दलबाट निर्वाचित सांसद पनि स्वतन्त्रको हैसियतमा रहन्छन्। अहिले नेपालमा ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।