बालेनले ४५ लाई पत्र काटे, ९ वटाले मात्रै कर तिरे

२८ भदौ , काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्। महानगरले केही समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो। तर, हालसम्म ९ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको महानगरको राजश्व विभागले जनाएको छ।

महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो ¥याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रीयसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन्। ती ९ संस्थाहरुले मात्रै महानगरलाई ८४ लाख ३४ हजार ३६३ रुपैयाँ राजश्व बुझाएका छन्।

महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो। महानगरका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो। महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो। महानगरपालिकाले काठमाडौं फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो।

Advertisement

उक्त पार्कले त्यसको भोलिपल्टै महानगरलाई १७ लाखभन्दा बढी कर मनोरञ्जन कर बुझाएको थियो। यस्तै, महानगरले भदौ १९ गते एक हप्ताभित्र मनोरञ्जन कर तिर्न क्यासिनोहरुलाई पत्राचार गरेको थियो। ती संस्थाहरुले टिकटको ५ प्रतिशत कर महानगरलाई बुझाउनु पर्छ। यता वीर अस्पतालले भने घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताएका छन् ।

Advertisement

दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top