विराटनगर महानगरमा कुकुरको निगरानी

विराटनगर : विराटनगर महानगरपालिकामा अज्ञात समुहले बम बिष्फोट गराएपछि प्रहरीले कुकुर प्रयोग गरी सुरक्षा दिन थालेको छ । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।
महानगर कार्यालयमा बिस्फोटक पदार्थ भए नभएको पत्ता लगाउन कुकुरको प्रयोग गरिएको हो ।बिस्फोट गराउने समुह वा ब्यक्तिको यकिन नभएपछि जिल्ला सुरक्षा समितिले महानगरका मेयर भीम पराजुलीका लागि प्रहरी अंगरक्षक समेत दिएको छ ।

Advertisement

गत साउन २७ मा भएको बिस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले सोही दिन ८ जनालाई पक्राउ गरी सोधपुछ पछि छाडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top