×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

खाद्यान्न निर्यातको प्रतिबन्ध हटाउन भारतलाई नेपालको आग्रह

२९ भाद्र २०७९

२९ भदौ , एजेन्सी ।

परराष्ट्र सचिवस्तरीय दुईपक्षीय वार्ताका लागि दिल्ली गएको नेपाली टोलीले मंगलबार भारतीय टोलीसंग भेटवार्ता गरको छ । मंगलबार भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्रसचिव भरतराज पौड्याललाई भारतीय समकक्षी विनयमोहन क्वात्राले हैदरावाद हाउसमा स्वागत गरेका थिए ।

Advertisement

हैदरावाद हाउसमा परराष्ट्र सचिवहरुबीच बेग्लै र प्रतिनिधिमण्डलस्तरीय बेग्लै छलफल भएको थियो । नेपाल र भारतका परराष्ट्र सचिवहरूबीच दिल्लीमा भएको वार्तामा सीमा विषय, कनेक्टिभिटी, पूर्वाधार विकास, विद्युत् सहकार्यलगायत दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमाका विषय स्थापित संयन्त्रबाट टुंग्याउने विषयमा पनि छलफल भएको छ । स्थापित संयन्त्र भनेको परराष्ट्रसचिवस्तरीय संयन्त्र हो ।

‘उहाँ (सचिव)हरूबीच सीमा विषयमा पनि छलफल भयो । यस सम्बन्धमा उहाँहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सिमानाका बाँकी काम पूरा गर्ने विषयमा विचार आदान–प्रदान गर्नुभयो,’ नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली राजदूतावासद्वारा मंगलबार मध्यराति जारी विज्ञप्तिमा भने कालापानी–लिपुलेक र सुस्ता उल्लेख छैन ।

यस सन्दर्भमा सुस्ता र कालापानीबाहेकका बाँकी खण्डमा सीमांकनको कार्य स्थापित द्विपक्षीय संयन्त्रबाट टुंग्याउनुपर्ने विषयमा छलफल भएको छ,’ दिल्लीस्थित नेपाली राजदूतावासको विज्ञप्तिमा उल्लेख छ । यस्तै नेपाल र भारतका परराष्ट्र सचिवबीचबीच पारवहन सन्धि र त्यसको प्रोटोकललाई चाँडै टुंग्याउनेबारे छलफल भएको छ ।

त्यसैगरी व्यापार सन्धिलाई नवीकरण गर्न आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पनि दुई परराष्ट्र सचिवबीच छलफल भएको छ । आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै छ। यदि भारतीय पक्ष सहमत भएमा उक्त बैठकमा पारवहन सन्धि र त्यसको प्रोटोकल टुंगिने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् । वाणिज्य सचिवस्तरीय बैठकअघि सहसचिवस्तरीय बैठक बस्नेछ ।

परराष्ट्रसचिव पौड्यालले मल आपूर्ति हुनुपर्ने तथा चामल, धान, चिनी र गहुँ नेपाल निर्यातमा लागेको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए । औपचारिक वार्तामा दुई देशका व्यापारिक सहयोगका विविध क्षेत्रमा छलफल भएको थियो । पारवहन, जडान, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनस्तरको सम्बन्धबारे विस्तारमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण (अप्रिल २०२२) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण (मे २०२२) मा घोषणा गरिएका परियोजना र उनीहरूको पहलहरूमा भएका द्विपक्षीय सम्बन्धको प्रगति पुनरावलोकन गरेका थिए । नेपालबाट भारतमा विद्युत् निकासीलगायत ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगमा भएको पछिल्लो प्रगतिको सराहना भएको थियो ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top