डोजरले खोतल्दा कसरी भेटियो टुकुचा खोला

२९ भदौ ७९, बिहीबार

३० भदौ , काठमाडौं ।
काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ। आज महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो। खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो। महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।

आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले बताएका छन् । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा वर्षाैंदेखि गायब थियो । यसअघि महानगरले ३५ दिने सूचना दिँदै यस क्षेत्रको अवैध अतिक्रमण हटाउन निर्देशन दिएको थियो । महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न विहानै हिँडेको थियो । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन ।

Advertisement

तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ । वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला क्षेत्रको खोजी भइरहेको बताएका छन् ।

टुकुचा खोला वडा नम्बर ४ स्थित निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएर दरबार संग्राहालय र जयनेपाल हल क्षेत्रमा टुकुचा खोला देखिन छाडेको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ। अहिलेसम्म महानगरले ३९ स्थानमा डोजर चलाएर अनधिकृत संरचना हटाइसकेको छ ।

Advertisement

भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top