×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

चुनावको मुखमा कांग्रेसको भविष्य बोकेका महामन्त्री थला परे

३१ भाद्र २०७९

३१ भदौ,काठमाण्डौ ।
नेपालको सबैभन्दा बुढो पार्टी नेपाली कांग्रेस अन्य दलजस्तै यतिबेला उम्मेदवार छान्ने रस्साकस्सीमा छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची बुझाउन २ र ३ असोजको मिति तोकेको अवस्थामा काग्रेसलाई भ्याईनभ्याई रहेको छ । तर यतिनै बेला कांग्रेसको भविष्य ठानिएका कांग्रेसका दुई काँध बनेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विरामी भएर थलापरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ । समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाउने दिन नजिकिँदै जाँदा महामन्त्री द्वय थापा र शर्मा भने बिरामी परेका छन् । शर्माको केही दिनअघि अप्रेसन भएको थियो । अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन् । महामन्त्री शर्माले आइतबारदेखि पार्टी कार्यालय गएर आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।यतिनै बेला अर्का महामन्त्री थापा भने बिहीबारदेखि बेड रेस्टमा छन् ।

Advertisement
Advertisement

डेंगुका कारण ज्वरो आएपछि अहिले उनी घरमै छन् । बिहीबार उनको रगत परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थापा घरमै आराम गरिरहेका छन् । थापाका सहयोगी सविनराज मुढभरीका अनुसार थापालाई थप चार÷पाँच दिन आराम गर्नुपर्ने हुनसक्ने चिकित्सकले बताएका छन् ।पार्टीका दुवै महामन्त्री बिरामी भएपछि कांग्रेसले ६ जना सह महामन्त्रीलाई समानुपातिक तर्फको बन्द सूची तयार पार्न जिम्मेवारी दिएको छ ।

सत्तारूढ दल नेपाली कांग्रेसमा टिकट वितरणका लागि संसदीय समिति गठन गर्नुपर्ने विधानमा व्यवस्था छ । संसदीय समितिले स्थानीय, प्रदेश तथा प्रतिनिधि तथा राष्ट्रिय सभाको टिकट वितरण गर्छ । संसदीय समितिमा पार्टी सभापतिनै प्रमुख हुन्छन् भने महामन्त्रीहरू केन्द्रीय संसदीय समितिको महामन्त्री र अन्य पदाधीकारीहरू समितिको पदेन सदस्य हुन्छन् । गएको माघ १२ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उमेदवार छनोट कार्य कांग्रेसले कार्यसम्पादन समितिको माध्यमबाट गरेको थियो ।

विधान अनुसार संसदीय समितिले उमेदवारको टुंगो लगाउनुपर्ने हुन्थ्यो । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिध सभाको निर्वाचन आउन ६५ दिन बाँकी छ । कांग्रेस पार्टीभित्र नेता व्यवस्थापनमा भन्दा गठबन्धनभित्रै अलमलिएको छ । पार्टीले गठबन्धनबाट कति सिट पाउँछ निश्चित छैन । बिहीबारबाट भने दल समानुपातिकतर्फ सूचीलाई अन्तिम रूप दिन छलफलमा जुटेको छ । कांग्रेसभित्र अहिले संसदीय समितिलाई टिकट वितरण गरेर टिकट बाँडफाँट गर्छ कि १४ सदस्यीय समिलिते बाँडफाँट गर्छ भन्ने चर्चा छ ।

संस्थापनइतरका नेताहरू समितिले पूर्णता पाउने सम्भावना देख्दैनन् । पार्टी प्रवक्ता प्रकाशशरण महत संसदीय वोर्डलाई पूर्णता दिने अथवा नदिने अधिकार सभापति देउवामा निहित भएको बताउँछन् । समितिले पूर्णता नपाए पनि संसदीय समितिको बैठकमा इतर समूहका नेता डा. शेखर कोइरालालगायत शीर्ष नेताहरूको सहभागिता रहेको उनले जानकारी दिएका छन् । महतका अनुसार अहिले पदाधीकारी र पूर्व पदाधीकारीहरूको बैठकले टिकट वितरणलाई टुंगो लगाउने तयारी गरेको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top