युक्रेनी राष्ट्रपतिले गरे रुसलाई कारबाही गर्न माग

६ असोज,काठमाण्डौ ।

Advertisement

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन । संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा  उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हून ।

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उनले जानकारी दिए । ‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उनले भने।

Advertisement

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनुपर्ने राष्ट्रपति जेलेनेस्कीको भनाइ छ । रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले ज्यान गुमाएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे।

रुसले आफ्नो देशमा आंशिकरूपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गरेका हुन ।रुसले युक्रेनमा गएको फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ ।

Advertisement

अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top