चोलेन्द्र नफर्किदा सर्वोच्चको कमान हरिकृष्णलाई

८ असोज ७९, आइतबार

९ असोज, काठमाण्डौ ।
सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशबाट दीपककुमार कार्की विदा हुँदैछन् । झण्डै साढे ७ महिना सर्वोच्चको नेतृत्व गरेका कार्की उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् । असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण उनी विदा हुने भएका हुन् ।

भोलिदेखि अदालतमा दशैं बिदा सुरू हुने भएकाले आजै कामु कार्कीलाई सर्वोच्च अदालतले औपचारिक विदाइ गरेको छ । कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन् । उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका थिए । गएको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।

राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका हुन् । जबरामाथि महाअभियोग नलागेको भए उनले यो अवसर पाउने थिएनन् । संविधानले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायमले प्रधानन्यायाधीशले गर्ने सबै काम गर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्की २०७३ साल साउनमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । उनले सर्वोच्च अदालतको न्यायाधीशमा ६ वर्ष काम गरे । त्यसअघि उनी तत्कालिन् पुनरावेदन अदालत विराटनगर र दिपायलमा कार्यरत थिए । यस्तै त्यसअघि कामु प्रधानन्यायाधीश कार्कीले पुनरारावेदन अदालत पाटन, र राजविराजमा पनि काम गरेका थिए ।

जिल्ला अदालतको न्यायाधीशमा पनि मकवानपुर, सिरहा, काठमाडौं, धनुषा, मोरङ, डोटी, बर्दिया, सप्तरी, रुकुममा पनि काम गरे । २०३७ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका कार्की २०३९ सालमा जिल्ला न्यायाधीश भएर २३ वर्षसम्म उनले विभिन्न अदालतमा काम गरे । दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन् । उनी वरिष्ठतम न्यायाधीश हुन ।

कार्की आगामी मंसिर २७ गतेदेखि मात्रै प्रधानन्यायाधीश बन्ने छन् । त्यसअघि उनीपनि कामु नै रहने छन् । २०१५ भदौ २५ गते जन्मिएका कार्कीले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। त्यसअघि २०६८ साल असोजमा केपी ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए । अन्य अदालतमा काम गरेको भने उनीसँग अनुभव छैन् ।

उनले सर्वोच्च अदालतमा वकालत पनि गरेका छन् । प्रधानन्यायाधीश राणालाई संसदीय सुनुवाई समितिले महाअभियोग लगाउन सिफारिस गरे पनि संसदले पास गरिसकेको छैन् । त्यसैले कामयममुकायम प्रधानन्यायाधीश भएर कार्कीले अब २ महिना चलाउनेछन् । मंसीर २७ मा राणाको ६५ वर्षे उमेरहद सकिएर अवकास पाउनेछन् । त्यसपछि भने बल्ल सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाउने छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top