×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

चोलेन्द्रका लागि शेखर कोइराला  र ओली एक

९ आश्विन २०७९

९ असोज, काठमाण्डौ ।

सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले मुख खोलेका छन् । आफूमाथि लगाइएको महाअभियोग किनारा नलाग्दै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएपछि त्यसको भोलिपल्टै यही असोज २ गते सर्वाेच्च फर्किन लागेका जबरालाई सरकारले उनकै निवासमा सुरक्षाकर्मी लगाएर रोकेको थियो ।

Advertisement
Advertisement

यही प्रकरणमा शेखरले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका छन् । सरकार र गठबन्धनका नेताहरुले जबरामाथि लगाइएको महाअभियोग अर्काे संसदले किनारा लगाउने दलील गरिरहेको अवस्थामा शेखरले भने प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् ।

शेखरको यो अभिब्यक्ति भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मेल खाएको छ । जबरालाई सरकारले नजरबन्द जस्तो अवस्थामा राखेको भन्दै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका थिए ।

अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताएका थिए । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भइसक्यो भन्दै ओलीले दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो भन्ने अभिब्यक्ति दिएका थिए । उनले प्रधान्यायाधीशमाथि सत्ताको दुरुपयोग भएको समेत आरोप लगाएका थिए ।

“सत्तामा पुगेर सेना प्रहरी हातमा लिएर जे पनि गर्ने ? घर घेर्ने नजरबन्द राख्ने ?,” ओलीले थप प्रश्न गरेका थिए, “अभियोग सरकारले पुष्टि गर्नुपर्ने गरेन । प्रधानन्यायाधीशले के गर्ने ?” उनले रुसी शासकले अदालतमाथि गोलाबारुद गरेको भन्दै अहिले पनि त्यस्तै अवस्था देखिएको बताएका थिए ।

आज गृहजिल्ला मोरङमा कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताएका छन् ।

कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो ।सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।

काग्रेस सभापति शेरबहादुर देउवासँग टिकट बाँडफाँट र समानुपातिकको बन्दसूचीमा असन्तुष्ट रहदै आएको शेखर समूहले छुट्टै भेलाको आयोजना गरी देउवामाथि दबाब बढाउदै आएको छ । केही समय अघि शेखर र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता समेत भएको थियो ।

Advertisement

सो भेटवार्ताको विषय भने अहिलेसम्म गोप्य रहेको छ । भेटवार्ताका विषयमा ओलीले भने शेखरकै गृहजिल्ला मोरङमा आएर मुख खोलेका थिए । ओलीले शेखरसँग पोल्टिकल कुरा मात्रै भएको बताएका थिए । शेखर कोइराला मोरङ ६ बाट चुनाव लड्ने तयारीमा छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top