बंगलादेशविरुद्धको खेल जित्न नेपाल तयार

९ असोज, एजेन्सी ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ । आइतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका छन् एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिम शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताए ।

उनले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको बताए । उनले लामो समय खेल नहुँदा खेलाडीलाई फिट हुन केही समस्या भएको बताए । उनले बंगलादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनशायले खेल्ने बताए । उनले नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू नेपाली फुटबल टिमको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको उनले बताए ।

तर अहिले डेंगुको समस्या रहेका कारण पनि खेलाडी बिरामी हुने हुन् की भन्ने चिन्ता भएको हुमागाईंले बताए ।खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिक्षकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए । कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य प्रकट गरेका थिए ।

नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ११ खेलाडीबीच विवाद भएपछि नवयुग र पुजनलाई कप्तानीको मौका दिएका थिए । त्यतिबेला अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्समा रहेका किरण चेम्जोङबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो ।

तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकिएको बताएका छन् । त्यस्तै खेलाडी अनन्त तामाङले सबै खेलाडीहरु बंगलादेशसँग खेल्नको लागि फिट रहेको बताएका छन् ।

त्यस्तै अर्का खेलाडी विमल घर्तीमगरले बंगलादेश हालै मात्र कम्बोडियालाई जितेर बंगलादेशको फुटबल टिम उच्च मनोबलमा रहेका कारण बंगलादेशले नेपालसामु ठूलो चुनौती दिने बताएका छन् ।

त्यस्तै राष्ट्रिय टिममा पहिलो पटक परेका फरवार्ड ऋत्तिक खड्का राष्ट्रिय टिममा अभ्यास गर्दा पहिला धेरै गाह्रो भएपनि अहिले सहज लाग्न थालेको बताएका छन् । नेपाल र बंगलादेशबीचको खेल मंगलवार दशरथ रंगशालामा हुनेछ । खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रवार नै नेपाल आइसकेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top