×

NEPAL TIMES UPDATES

Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले चलचित्र बनाउने

१३ आश्विन २०७९

१३ असोज , एजेन्सी ।
नोबेल पुरस्कार विजेता तथा विश्व चर्चित पाकिस्तानी अभियन्ता मलाला युसुफजाईले चलचित्र निमार्ण गर्ने भएकी छन् । फिल्म निर्माण कम्पनी ‘एक्स्ट्राकरिक्युलर’ ले डिजिटल प्लेटफर्म (ओटीटी) एप्पल टिभी +सँगको सहकार्यमा पहिलो फिल्म बनाउने घोषणा गरेको छ । मलालाले गत वर्ष एप्पल टिभी +सँग सम्झौता गरेकी थिइन्। यो सम्झौता अनुसार चलचित्र र टेलिभिजन सिरियल निर्माण हुने थियो ।

यस सम्झौता अन्तर्गत नाटक, कमेडी, डकुमेन्ट्री, एनिमेसन र बालश्रृङ्खला निर्माण गरिने मनोरञ्जन वेबसाइट ‘भ्याराइटी’ले जनाएको छ । पाकिस्तानी मूलकी अधिकारकर्मी मलालाले ओस्कार विजेता एडम म्याकेको फिल्म निर्माण कम्पनीसँग मिलेर फिल्म बनाउनेछिन् । यस फिल्मको नाम ‘डिसोरिएन्टेशन’ हुनेछ ।

Advertisement
Advertisement

यो फिल्म एलेन सिह चाउको सोही नामको पुस्तकमा आधारित हरनेछ । मलाला युसुफजाईले गत वर्ष मात्र अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक पूरा गरेकी थिइन्। युसुफजाईले गत वर्ष पाकिस्तान क्रिकेट बोर्डका अधिकारी असर मलिकसँग बेलायतमा विवाह गरेकी छन् ।

मलालाले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन, राजनीति र अर्थशास्त्रमा स्नातक गरेकी छन्। मार्टिन लुथर किङ जुनियर, नेल्सन मन्डेला तथा मुहम्मद अली जिन्हाबाट प्रभावित मलाला पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोबाट सत्यका लागि लड्न प्रेरणा पाएको बताउँछिन्।

सानै उमेरदेखि जुन अभियानमा उनी लागिपरिन्, हालसम्म त्यही अभियानलाई निरन्तरता दिँदै प्रसिद्धिको शिखर चढिरहेकी छन्। सन् २०१२ मा उनको हत्या प्रयासपछि विश्वभरका सञ्चार माध्यमले सो कार्यको निन्दा गर्दै समाचार प्रकाशन÷प्रसारण गरेका थिए। घटनाको भोलिपल्टै पाकिस्तानमा २० लाखभन्दा बढी पाकिस्तानीले शिक्षा पाउने अधिकारको सुनिश्चितताको माग गर्दै हस्ताक्षर गरेका थिए।

पाकिस्तानका प्रधानमन्त्रीदेखि विश्वका अधिकांश राष्ट्रप्रमुख तथा नेताहरुले सो घटनाको भर्त्सना गरेका थिए। १५ अक्टोबर २०१२ मा विश्वव्यापी शिक्षाका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि तथा तत्कालीन ब्रिटिस प्रधानमन्त्री गोर्डन ब्राउनले मलालालाई अस्पतालमै गएर भेटेका थिए।

सन् २०१३ को अक्टोबर ११ मा उनीसँग अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो परिवारसहित भेटेका थिए । त्यसअघि सन् २०१३ को जुलाई १२ मा आफ्नो १६औं जन्मदिनको अवसरमा उनले राष्ट्र संघको विशेष सभामा विशेष सम्बोधन गर्ने अवसर पाइन्। सो क्रममा उनले विश्वभर शिक्षाको पहुँचबारे मन्तव्य दिएकी थिइन्।

राष्ट्र संघले उनले सम्बोधन गरेको दिनलाई ‘मलाला डे’ को रुपमा संग्रहित गरेको थियो। बालबालिका शिक्षाका क्षेत्रमा उनको संघर्षको सम्मानस्वरुप मलाला र भारतीय बाल अधिकार अभियन्ता कैलाश सत्यार्थीलाई संयुक्त रुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरियो। उनी नोबेल पुरस्कार पाउने दोस्रो पाकिस्तानी थिइन्।

बालिका शिक्षाको पक्षमा अभियान चलाएकै कारण मलालालाई १४ वर्षको उमेरमा तालिबान लडाकुहरुले सन् २०१२ को अक्टोबर ९ मा गोली हानेका थिए। स्कुलबाट घर फर्किंदै गरेको बेला उनलाई स्कुल बसभित्रै टाउकोमा गोली प्रहार भएको थियो। गोली लागेर गम्भीर घाइते भएकी उनको पाकिस्तानमा सामान्य शल्यक्रियापछि बेलायतको बर्मिङ्घमस्थित अस्पतालमा उपचार भएको थियो।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top